जगदीशपुर तालमा आन्तरिक पर्यटक बढे

२०८० मंसिर ६, बुधबार

तौलिहवा : विश्व सिमसार एवम् पंक्षि आरक्षक्षेत्र कपिलबस्तुको जगदीशपुर तालमा पर्यटक डुङ्गामा रमाउने गरेका छन् । तालमा डुङ्गा सञ्चालन भएपछि दैनिक आन्तरिक पर्यटकको डुङ्गामा रमाएका हुन् ।

ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा वार्ड स्याङचुरी (पंक्षि आरक्ष) क्षेत्र घोषणा गरिएको थियो । सिंचाइँ प्रयोजनका लागि २०३५ सालतिर बनाइएको हो । यो तालबाट कपिलवस्तुको कुल ६ हजार २०० हेक्टर खेतीयोग्य जमिन सिञ्चित गर्न पानी आपूर्ति हुनेगर्छ ।

जगदिशपुर जलाशय हिउँदे आगन्तुक चराहरुको आश्रयस्थल पनि हो । जगदिशपुर जलाशय ब्यवस्थापन  बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङका अनुसार तालमा २०७६ सालदेखि पाँचवटा डुङ्गा सञ्चालनमा ल्याएको बताए। आन्तरिक पर्यटकको संख्या बढेसँगै थप डुङ्गा सञ्चालन हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार