टर्की प्रहरीद्वारा आइएसका १३ सदस्य पक्राउ

२०८० मंसिर ८, शुक्रबार

काठमाडौं : टर्कीको सुरक्षा बलले इस्तानबुलमा इस्लामिक स्टेट (आईएस) का १३ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ। देशमा आक्रमण गर्ने योजना बनाएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ।

राज्य–सञ्चालित एनाडोलु एजेन्सीले इस्तानबुल आतंकवाद बिरोधी पुलिस एकाइहरूले संदिग्धहरूलाई पक्रन १० जिल्लाहरूमा तयारी गरी कारबाही चलाएको थियो। संदिग्धहरू सिरिया र इराक जस्ता देशहरूमा द्वन्द्व क्षेत्रहरूमा आईएस र अन्य सशस्त्र आतंककारी संगठनहरूसँग सम्बन्धित थिए।

टर्किएले २०१३ मा आईएसलाई आतंकवादी समूहको रूपमा सूचीवद्ध गरेको थियो र धेरै पटक चरमपन्थी समूहले आक्रमण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार