काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको एफपीओ आज बिहान बाँडफाँट गरेको हो।
कम्पनीको एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । जसमा ३२५ जनाको आवेदन बदर भएको छ । १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । जस अनुसार १७ हजार ८ सय ४५ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर , एक जनाले १०.१८ कित्ता सेयर र बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म थप सार्वजनिक निष्काशन ९एफपीओ० बिक्री खुला गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१.१८ कित्ता एफपीओ निष्काशन गरेको हो ।





