ताप्लेजुङ : हरियो बाँस काट्ने क्रममा लागेको करेन्टले मेरिङदेन गाउँपालिका–४ नाल्वोका १९ वर्षीय युवकको ज्यान गएको छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक नरेन्द्रकुमार नाल्वोका अनुसार १९ वर्षीय मिलन नाल्वो लिम्बूको करेन्ट लागेर ज्यान गएको हो ।
घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेपछि पोस्टमार्टम गरी परिवारलाई वुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।
युवक युनाइटेड मेवाखोला हाइड्रोअन्तर्गत साउथ एसियन कन्ट्रक्सनको क्रसर प्लान्टमा कार्यरत रहेको पनि प्रहरी जनाएको छ । प्रहरीले घटनाको अध्ययन भइरहेको जनाएको छ ।





