दुर्गा प्रसाईंलाई सिफलमा कार्यक्रम गर्न अनुमति

२०८० मंसिर ९, शनिबार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले सिफल चौरमा विरोध कार्यक्रम गर्ने भएको छ । काठमाडौं प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न नदिएपछि प्रसाईं समूहले आज सिफल चौरमा कार्यक्रम गरेको हो ।

काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा कार्यक्रम गर्ने सहमति भएको थियो । प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने बताएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।

शुक्रबार पनि तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएका प्रसाईंका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई भने निवासमै सुरक्षा दिएर राखिएको थियो । प्रसाईँले पनि सिफल चौरमा उपस्थित हुन आफ्ना समर्थकलाई आव्हान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज तीनकुनेमा गरिने भनिए कार्यक्रम विशेष प्राविधिक कारणले गर्दा सिफल चौरमा सोही समयमा हुने भएकोले सम्पूर्ण नागरिकहरूलाई सिफल चौरमा उपस्थित हुन अनुरोध गरिन्छ । जय देश जय नागरिक !’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार