आदेश चित्त नबुझेपछि पीडितले गरे रसुवा अदालतमा ढुंगामुढा

२०८० मंसिर ९, शनिबार

रसुवा : जिल्ला अदालत रसुवामा आक्रमण भएको छ। शुक्रबार बेलुका अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले अदालतमा ढुंगामुढा गरेका हुन्।

बेलुका सवा ६ बजेतिर अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले ढुंगामुढा गरेपछि प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ। झडपमा ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। ७०/८० जना भेला भएर अदालतमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास फायर गरेको थियो।

गत कात्तिक ८ गते काले भन्ने छिरिङ तामाङ भोटेकोशीमा हामफाली बेपत्ता भएको घटनामा गोसाइकुण्ड गाउँपालिका १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ लगायतलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आदेशपछि अदालतमा भेला भएका पीडित र आफन्तले अदालतको गेटमा ढुंगामुढा सुरु गरेको प्रहरीको दाबी छ।

आन्दोलनकारीको ढुंगाले लागेर प्रहरी नायब निरीक्षक विशाल बानियाँ, प्रहरी नायब निरीक्षक राजेन्द्र कुमाल र प्रहरी हवल्दार जुनाकुमारी वन घाइते भएका छन्। घटनामा डीएसपीको कमान्डमा ४० जना प्रहरी र सशस्त्र प्रहरीका १५ जना डीएसपीको कमान्डमा खटिएर स्थिति नियन्त्रणमा लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार