दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या, काठमाडौंमै फर्काइयो

२०८० मंसिर ९, शनिबार

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुन: काठमाडौं फर्काइएको छ । प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले  बताए ।

एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार