अरिङ्गालले टोकेर मृत्यु

२०८० मंसिर १०, आईतवार

इलाम : इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ ।

देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालले टोकेर घाइते भएका मगलाई उपचारका  लागि झापाको विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मगरको हिजो बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार