अनलाइनमार्फत ‘उपहार पठाएको छु’ भनेर ठग्ने युवती पक्राउ

२०८० मंसिर १०, आईतवार

काठमाडौँ : अनलाइनमार्फत ‘सामान पठाएको छु’ भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् । २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले बताए ।

विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना उपहार पठाएको छु भन्दै ठग्ने गरेको आरोप छ । कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हालसम्म उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार