ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु

२०८० मंसिर १०, आईतवार

खजुरा : नेपालगन्जमा ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

आइतबार बेलुका नेपालगन्जको धम्बोझी चोक नजिक ट्याङ्करको ठक्करबाट १७ वर्षीया एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी नेपालगन्ज उपमहानगरपालिका वडा १७ की १७ वर्षीया शालिनी पाठकको मृत्यु भएको सूचना अधिकारी डाँगीले बताए ।

ट्याङ्करको ठक्करबाट घाइते भएकी पाठकलाई उपचारका लागि भेरी अस्पताल लगिएकोमा अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रनाउ डाँगीले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने उक्त ट्याङ्कर र ट्याङ्करका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार