आज पनि बढ्यो सुनचाँदीको मूल्य

२०८० मंसिर ११, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख १७ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १५ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार