दार्चुलामा यात्रु वाहक दुई बस एक–आपसमा ठोक्किए

२०८० मंसिर ११, सोमबार

धनगढी : दार्चुलामा यात्रु वाहक दुई बस एक–आपसमा ठोक्किएका छन् ।

महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थप्तोलीमा सोमबार दुई बस एक–आपसमा ठोक्किएका हुन्। दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २३९३ नम्बरको नगर बस आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो । बसहरुमा क्षति भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार