प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

२०८० मंसिर ११, सोमबार

काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच शर्माले उनलाई बढुवाको फुली लगाइदिएका हुन् । प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

ताजा समाचार