
हुम्ला : बुधबार दिउँसो भिरबाट लडेर एक जना १७ वर्षीय युवतीको मृत्यु भएको छ । वनमा पशु चराउन जानेक्रममा युवती भिरबाट लड्दा उनको मृत्यु भएको हो ।
भिरबाट लडेर मृत्यु हुनेमा सिमकोट गाउँपालिका–८ को खोल्सी गाउँकी सुस्मिता शाहीको मृत्यु भएको आफन्त बिर्सन सिंहले बताए ।
आज पशु चराउन दुधु वनमा गएको र पशु भिरमा चर्न गएका बेला फर्काउन जाँदा भिरबाट लडेर घटना स्थलमै उनको मृत्यु भएको सिंहले बताए । मृतक शाही गत वर्षको एसइईमा उत्तीर्ण भई हाल कर्णाली मावि चौगानफ्यामा कक्षा ११ मा अध्ययनरत रहेका थिए ।