
काठमाडौं : काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएको छ।
समस्या देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ अवतरण गराइएको छ। उडान नम्बर ९५९ जहाजा एनएनक्यू मा प्राविधिक समस्या देखिएको हो। यात्रुलाई अर्को जहाजमार्फत गन्तव्यतर्फ पठाइएको बुद्ध एयरले जनाएको छ।
उक्त जहाजलाई अहिले प्राविधिक टिमले चेकजाँच गरिरहेको बुद्ध एयरले जानकारी गराएको छ।