कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

२०८० मंसिर १४, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्कालाई तोकेका हुन् । राष्टपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स जान लाग्नुभएकोले उनको अनुपस्थितिमा  प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार