भूकम्पपछि पालमुनि बस्दै आएकी एक बालिकाको चिसोले कठ्यांग्रिएर मृत्यु

२०८० मंसिर १४, बिहीबार

काठमाडौं : जाजरकोटमा एक जना भूकम्पपीडित बालिकाको मृत्यु भएको छ। भूकम्पपछि पालमुनि बस्दै आएकी कुशे गाउँपालिकाकी ३ वर्षीया बालिकाको मृत्यु भएको हो।

अत्यधिक चिसोका कारण कठ्यांग्रिएर ती बालिकाको मृत्यु भएको बताइएको छ। जाजरकोटमा गएका भूकम्पमा घर भत्किएपछि कतिपय पीडितहरु अहिले पनि त्रिपालमुनि रात गुजार्न बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार