जिग्रीको गीतमा धुर्मुस सुन्तलीको अभिनय

२०८० मंसिर १५, शुक्रबार

काठमाडौँ : हास्य श्रृखला ‘सक्किगोनी’का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’को स्वर रहेको गीत ‘भगवान् कसम’ सार्वजनिक भएको छ । गीत गायनमा कुमारलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियोमा कलाकार सितारमा कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय छ । भिडियोका निर्देशन दीपक आचार्य ‘काकु’ले गरेका हुन् । भिडियो जनकपुर आसपासका स्थानमा छायाङ्कन गरिएको हो ।

कुमारले गाएको यो पहिलो गीत भने होइन । उनले यस अगाडि ‘मञ्जरी’ ‘मायाले जीवन सजाऊ’ लगायत केही गीत गाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार