
काठमाडौँ : वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल स्वास्थ्य मन्त्रालयमा तानिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले निर्देशक पौडेललाई मन्त्रालय तानेका हुन् ।
निर्वाचन आयोगले निर्देशक डा. पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै मन्त्रालयलाई पत्र पठाएपछि मन्त्री बस्नेतले पौडेललाई मन्त्रालय तानेका हुन् ।