भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

२०८० मंसिर १५, शुक्रबार

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले गत १ असारमा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरिपाऊँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको थियो । उक्त निवेदनमाथि गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार