ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० मंसिर १८, सोमबार

तानसेन : पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको रैनादेवी छहरा–२, स्थित सिजी कम्पनीभित्र माटो बोक्ने क्रममा लु १ क ३१६१ नम्बरको ट्रिपर दुर्घटना हुँदा ट्रिपरमा सवार पालुङ्गे घाइते भएका थिए ।

उनको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार