काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख १८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय ८० रूपैयाँ कायम भएको छ ।





