धनकुटामा केपी ओलीमाथि हातपातको प्रयास

२०८० मंसिर २८, बिहीबार

धनकुटा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपातको प्रयास भएको छ ।

बिहीबार अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा हातपातको प्रयास भएको हो । फूलमालासहित स्वागत गर्न लाइनमा बसेका एक व्यक्तिले हातपातको प्रयास गरेका थिए ।

ओलीलाई हातपात गर्न खोजेपछि कार्यकर्ताले ती व्यक्तिलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । ओलीमाथि हातपात प्रयास गर्ने धनकुटाको महालक्ष्मी–५ का महेश राई भएको जनाइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार