बारामा मृतक युवकलाई शहीद घोषणा माग गर्दै प्रदर्शन

२०८० मंसिर २८, बिहीबार

बारा : बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवार र आफन्तले बिहीबार प्रदर्शन गरेका छन् ।

बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो । बिहीबार उनका आफन्त र परिवारले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, बुधबार नगरपालिकामा ड्युटीमा रहेका प्रहरी निरीक्षक रविभूषण यादवलाई कारबाही गर्नुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।

पीडित परिवारले अहिलेसम्म शव पनि बुझेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार