दाङमा टिपरको ठक्करबाट मोटसाइकलमा सवार २ जनाको मृत्यु

२०८० मंसिर ३०, शनिबार

बुटवल : टिपरले ठक्कर दिंदा दाङमा प्यूठानका दुई जना युवाको मृत्यु भएको छ ।

शुक्रबार राती घोराही उपमहानगरपालिका-१० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते युवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

टिपर चालक रुन्टीगढी गाउँपालिका ९ रोल्पाका २६ वर्षीय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार