इजरायली सेनाले भन्यो- गाजामा गल्तीले तीनजना इजरायली बन्धक मारिए

२०८० मंसिर ३०, शनिबार

काठमाडौं : इजरायली सेनाले गाजामा जारी अपरेशनको क्रममा बन्धक बनाइएका आफ्नै तीन नागरिकको हत्या गरेको छ।

सेनाका अनुसार हमासले बन्धक बनाएका थियो २८ वर्षका योतम हाइम, २२ वर्षीय समीर तलालका र २६ वर्षीय एलोन शमरिजलाई गल्तीले ‘खतरा’ भनेर पहिचान गरिएपछि मारिएको थियो ।

इजरायलको सेनाले यस घटनाप्रति खेद प्रकट गर्दै गाजाको उत्तरमा रहेको शेजैयामा यी तीनजनालाई सिपाहीहरूले गोली हानेको बताएको छ ।

यी तीनै शव इजरायल ल्याइयो जहाँ उनीहरुको पहिचान भइसकेको छ । इजरायली सेना शुक्रबार भएको घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

तर इजरायली सेनाले भनेको छ, “हाम्रो राष्ट्रिय मिशन बेपत्ताको खोजी गर्नु र सबै बन्धकहरूलाई फिर्ता गर्नु हो।”

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो र धेरैलाई बन्दी बनाएर गाजामा लगेको थियो । एक सयभन्दा बढी बन्धकहरू अझै पनि बन्दी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार