दोलखाबाट आएको एम्बुलेन्स कोटेश्वरमा दुर्घटनाग्रस्त

२०८० मंसिर ३०, शनिबार

काठमाडौं : दोलखाको कालिन्चोक गाउँपालिका– २ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको छ।

गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो।दुर्घटनामा मानवीय क्षति भएको छैन। तर, एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ।

ठक्करपछि कारचालक फरार भएको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार