काठमाडौँ : भारतको लोकसभाबाट थप ४९ जना सांसद निलम्बनमा परेका छन्। बीबीसीका अनुसार मङ्गलवार लोकसभाका सभामुखले थप ४९ जना सांसदलाई निलम्बित गरिदिएका हुन्।
यसअघि सोमवार लोकसभा र राज्यसभाका गरी ७८ जना सांसदलाई निलम्बित गरिएको थियो। योसहित हालसम्म भारतको दुबै सदनका गरी १२७ जना सांसद निलम्बनमा परिसकेका छन्।
विपक्षी दलहरू मोदी सरकारमाथि आरोप लगाउँदै आफ्ना सांसदहरूलाई निलम्बन गरेको बताएका छन्।निलम्बनमा पर्ने सांसदहरुमा शशि थरुर, फारुक अब्दुल्लाह, मनिष तिवारी लगायतका रहेका छन्।
विपक्षी दलहरू १३ डिसेम्बरका दिन संसदमा भएको आक्रमणमा सङ्घ सरकार दोषी रहेको र कमजोरी कै कारण संसद भित्र आक्रमणकारी प्रवेश गरेको आरोप लगाउँदै आएका छन्।