अनलाइनबाट नाबालिकासँग यौन दुर्व्यवहार, दुबईबाट समातिए युवक

२०८० पुष ४, बुधबार

काठमाडौँ : अनलाइनमार्फत नाबालिकालाई दुर्व्यवहार गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर कुराकानी गर्ने क्रममा अनलाइनबा अश्लील कृयाकलाप गर्न लगाएर मानसिक यातना दिएको अभियोगमा फरार अभियुक्त पक्राउ परेका हुन्।

ती नाबालिकाका अभिभावकले कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएपछि अनुसन्धान थालिएको थियो। उक्त उजुरीमाथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट प्यूठानको सरुमारानी गाउँपालिका वडा नं. १ घर भएका ३३ वर्षीय सगिर अहमदलाई पक्राउ गरिएको हो।

उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा २०७९ माघ २५ गते मुद्दा दर्ता भई खोजतलास गर्दा वैदेशिक रोजगारीका लागि दुबईमा रहेको खुलेको थियो।

त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी उनलाई यही बुधबार दुबईबाट नियन्त्रणमा लिइएको साइबर ब्युरोक उप-निर्देशक पशुपति कुमार रायले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार