बार्दली रेष्टुरेन्टले मिचेको संरचनामा चल्यो डोजर

२०८० पुष ५, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्टले मिचेको संरचना भत्काएको छ ।

बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काइदिएको हो । यहाँ सडक साँघुरो हुँदा सवारी साधनको जाम हुने गरेको थियो । महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।काठमाडौं महानगरपालिका वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२–११४६–०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको थियो । त्यसपछि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको थियो ।

बार्दली रेष्टुरेन्टलाई आफैं संरचना भत्काउन भनेकोमा नमानेपछि महानगरपालिकाले डोजर चलाएको हो । वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले बार्दली रेष्टुरेन्टलाई दुई महिनाभन्दा अगाडि नै मिचिएका संरचना हटाउन भनेकोमा नमानेपछि महानगरपालिकाको टोलीले आज भत्काइदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार