विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

२०८० पुष ६, शुक्रबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको छ ।

कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने चेतावनी समेत महानगरले दिएको छ ।

ktm

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार