सिटौलालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउन सिफारिस

२०८० पुष ६, शुक्रबार

दमक : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई  राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलालाई पार्टीको तर्फबाट उम्मेद्वार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेल्नु भएका सिटौलाको नाम सिफारिस गर्न कांग्रेस झापाको विस्तारित बैठक बसेको थियो।

जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ–नगर सभापतिको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको जिल्ला सचिव कृष्णप्रसाद हुमागाईले जानकारी दिए।  शुक्रबार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले नाम प्रस्ताव गरेका थिए । उक्त नाममा सचिव राम कट्टेलले समर्थन गरेका हुन् । सिटौला झापाको भद्रपुर नगरपालिका तथा क्षेत्र नं. ३ को स्थायी बासिन्दा हुन् ।

सिटौलाले नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका छन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मिति तय भएको छ । राष्ट्रिय सभामा सिटौला निर्वाचित भएको अवस्थामा राष्ट्रियसभाको अध्यक्ष बन्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार