कस्तो रहनेछ आजको मौसम ?

२०८० पुष ८, आईतवार

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार