गाई काटेको आरोपमा तीन जना पक्राउ

२०८० पुष ९, सोमबार

कपिलवस्तु :कपिलवस्तुको बाणगंगा नगरपालिकामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पिपराले मासु भाग लगाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको टोलीले नगरपालिका-१० पटना भावपुर बस्ने २० वर्षीय सुरज बि.क.को घरमा पक्राउ गरेको थियो ।

प्रहरीले घटनामा संलग्न बुद्धभूमि-१० बस्ने वर्ष ५५ को बर्साती थारु, रुपन्देही कञ्चन गाउँपालिका ५ भैसियाई बस्ने ३० वर्षीय श्रीधर टमटा पक्राउ गरेको छ । घटना स्थलबाट करिब १ क्विन्टल गाईको मासु सङ्केत बरामद भएको प्रहरीले जनाएको छ ।

आरोपितलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार