काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय सस्था सितापुर शाखाले एक कार्यक्रमका बिच विमा बाफतको रकम हस्तान्तरण गरेको छ ।
वाकेको खजुरा गाउपालिका ६ वलि चोक केन्द्र नम्वर ६३ कि सदस्य पुस्पा बस्नेतको परिवारलाई कर्जाको विमा रकम र काजकिरिया बाफतको रु २०७७०१ बराबरको चेक सस्थाका शाखा प्रमुख सागर जिसिले मृतककी बुहारिलाइ हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा सस्थाका शाखा प्रमुखले सस्थाकी सकृय सदस्यको असामायिक निधन प्रती दुख ब्यक्त गरेका थिए । साथै सोही कार्यक्रममा सस्थाको सेवा सुबिधा , वित्तिय जानकारी तथा हाल लघुवित्त क्षेत्रमा देखियका भ्रम तथा समस्याहरुका बारेमा जानकारी गराएका थिए ।





