प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
काठमाडौं ; सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनश सेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ ।





