नेपालमा पहिलो पटक ३ वर्षीय बालकमा कलेजो प्रत्यारोण

२०८० पुष २८, शनिबार

काठमाडौँ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज ३ वर्षीय बालककोे कलेजो प्रत्यारोपण भएको छ।

केन्द्रका निर्देशक समेत रहेका डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा विरगञ्ज, पर्साका ती बालककोे कलेजो प्रत्यारोपण भएको हो । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन ।

प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए । केन्द्रमा ४ दिन लागतार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार