सप्तरीमा घुर ताप्ने क्रममा जलेर महिलाको मृत्यु

२०८० पुष २८, शनिबार

सप्तरी : तिरहुत गाउँपालिका-५ मुसहरि टोल बस्ने ३५ वर्षीया सोनिला देवी सदाको आगोले जलेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घर अगाडि बालेको घुर ताप्ने क्रममा लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार