काठमाडौँ : श्रीलङ्कामा एक महिनाको अवधिमा ५ हजारभन्दा बढी डेंगीका बिरामी फेला परेका छन्। राष्ट्रिय डेंगी नियन्त्रण एकाइले आज सार्वजनिक गरेको एक तथ्यांक अनुसार यसै वर्षको जारी जनवरी महिनाको १५ दिनमा ५ हजार ८२९ जनामा सङ्क्रमण देखिएको छ।
पश्चिमी प्रान्तमा सबैभन्दा बढी १ हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी प्रान्तमा १ हजार ३९० मामिलाहरू छन्। गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो।
जनवरीको शुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको थियो। रासस





