एकै पटक २९ जना सहसचिवको सरुवा

२०८० माघ ५, शुक्रबार

काठमाडौं : सरकारले एकै पटक  २९ जना सहसचिवको सरुवा गरेको छ । हिजाे बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको हो ।

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि फेरिएका छन् ।  उनलाई मधेशी आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ । राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिका पठाइएको छ । ३ दिनपछि सरुवाको सूची सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार