यो साता प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

२०८० माघ ६, शनिबार

काठमाडौँ : यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्ममा आइपुग्दा १८ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

यो साताको आइतबार सुनको मूल्य बढेर सुरु भएको थियो । यस्तै, सोमबार र मंगलबार घटेर कारोबारमा आएको सुनको मूल्य विहीबार पनि घटेको महासंघले जनाएको छ । विहीबारको तुलनामा सामान्य अंकले बढेसँगै समग्रमा गत साताको तुलनामा ६०० रुपैयाँको गिरावटसँगै सुनको कारोबार रोकिएको हो ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो । जुन, यो साता १३ सय ९५ रुपैयाँमा आइपुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार