चीनमा पहिरोले पुरिएर ४७ जनाको मृत्यु

२०८० माघ ८, सोमबार

काठमाडौँ : चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ। सोमवार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ।

यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन्। यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार