पाकिस्तानका पूर्वराष्ट्रपति इमरान खानलाई १० वर्षको जेल सजाय

२०८० माघ १६, मंगलवार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्षको सजाय सुनाएको छ। उनीमाथि राज्यको गुप्त सूचना चुहाएको आरोप लागेको थियो।प्रधानमन्त्रीबाछ २०२२ मा पदच्युत गरिएका उनी हाल जेलमै छन्। भ्रष्टाचार आरोपमा उनलाई तीन वर्षको सजाय दिइएको थियो।

आफूमाथिका आरोपहरु राजनीतिप्रेरित भएको उनको भनाइ छ। आमचुनावको मुखैमा उनलाई लामो समयका लागि जेल सजाय सुनाइएको हो। यसअघि नै उनलाई चुनावमा उठ्न प्रतिबन्ध लगाइएको थियो भने उनको पार्टीको चुनावी चिह्न पनि खोसिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार