१२१ वर्षीया बाटुली लामिछानेको मृत्यु

२०८० माघ २०, शनिबार

नुवाकोट : संसारकै सबैभन्दा बढी उमेर दावी गरिएकी नुवाकोटको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२१ वर्षीया बाटुली लामिछानेको मृत्यु भएको छ।

सामान्य बिरामी रहेकी वाटुलीले तीन दिन अगाडिदेखि सामान्य खानेकुरा समेत खान छाडेकी थिइन्। वृद्धाको अक्सिजनको मात्रासमेत कमी भएको थियो। उनको आफ्नै निवासमा शुक्रबार साँझ मृत्यु भएको पनाति श्याम ढुंगानाले जानकारी दिए।

आगामी चैत १० गते उनले आफ्नो १२२ औं  जन्मदिन मनाउने इच्छा गरेकी थिइन्। उनको मृत्यु भएसँगै उनको नाम गिनिज बुकमा लेखाउने अभियान रोकिएको छ। पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिएको छ।

वाटुलीको पार्थिव शरीरमा उनका ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछानेले दागबत्ती दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार