काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा सूची प्रकाशित गरेको छ । बढुवा समितिले २२६ जना सशस्त्र जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस प्रकाशित गरेको हो ।
सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो । ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ ।
<iframe src=”https://drive.google.com/file/d/1-VPWOI9zU29d8dFt6V4eUu7GmOMXIZjH/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>





