काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको लागि २५ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार आवेदन दिने अन्तिम दिन आज आइतबारसम्म २५ जनको आवेदन परेको हो ।
आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय, डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल रहेका छन् ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएपछि हाल सो पद रिक्त छ । रिक्त पदमा पदपूर्ति गर्नको लागि २४ पुसमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो ।





