युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

२०८० माघ २६, शुक्रबार

काठमाडाैं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन्। रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन नसकेको चर्चा हुँदै आएको थियो।

राष्ट्रपति जेलेन्स्कीले सेनापति जालुज्नीको स्थानमा जनरल ओलेक्सान्डर सिर्स्कीलाई नियुक्त गरेका छन्। फेब्रुअरी २०२२ मा रुसले आक्रमण सुरु गरेपछि युक्रेनको सैन्य नेतृत्वमा यो सबैभन्दा ठूलो परिवर्तन हो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उच्च कमाण्डलाई नवीकरण गर्न आवश्यक रहेकोले परिवर्तन गरिएको बताएका छन्। यसैबीच राष्ट्रपति जेलेन्स्कीले जनरल जालुज्नी पनि आफ्नो टोलीमा रहन सक्ने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार