अलपत्र बनेको लुम्बिनी विकास गुरुयोजनामा रास्वपाको दबाब यात्रा

२०८० फाल्गुन २, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी विकास गुरुयोजनामा दबाब यात्रा गरेको छ। रास्वपाले लुम्बिनी संस्कृति नगरपालिका — ७ स्थिति १२ नम्बर गेटबाट बुधवार बिहान १० बजे दबाब यात्रा सुरु गरेको हो।

पार्टी सभापति रवि लामिछाने, सांसद लक्ष्मी तिवारीसहित रास्वपा लुम्बिनी प्रदेशका नेता कार्यकर्ता दबाब यात्रामा सहभागी छन् । २०७७ सालमा ७.५ अर्बको स्रोत सुनिश्चितता भएको तर पहुँच मार्ग बनाउने ठेक्का बजेट विनियोजन नहुँदा अलपत्र परेपछि दबाब यात्रा गरिएको रास्वपाले जनाएको छ।

सन् १९७८देखि सुरु भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा थालेको छ । रास्वपाले सातै प्रदेशका तीन—तीन वटा अलपत्र विकास आयोजना निर्माण पूरा गर्न दबाब यात्रा गरिरहेको छ।

यसअघि पुस ९, १०, ११ गते नारायणगढ—बुटवल सडक खण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो। यस्तै माघ २१ गते राष्ट्रिय गौरवको आयोजना मेलम्चीमा पनि दबाब यात्रा गरेको थियो। रास्वपाका २१ सांसदले २१ वटा निर्माणाधीन परियोजना चाँडो सम्पन्न गर्न राष्ट्रिय दबाब अभियान चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार