हिल्सा सिमकोट सडकको लम्बाई छोटियो

२०८० फाल्गुन ४, शुक्रबार

हुम्ला : उत्तरी क्षेत्रको हिल्सा सिमकोट सडकको लम्बाइ छोटिएको पाईएको छ । सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि यसअघि रहँदै आएको दुरीमा कमी देखिएको हो ।

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सिमकोट हिल्सा सडकको लम्बाई छोटिएको जानकारी आफूलाई फिल्डमा काम गर्ने सुपरभाइजरबाट आएको बताए । सिमकोटबाट हिल्सासम्मको ९५ किलो मिटर दुरी यसअघि सो सडकको सर्भे गर्ने क्रममा रहेको थियो । अहिले पनि आमा मानिसलाई हिल्सा सिमकोट सडकको दुरी सोही रहेको जानकारी छ । उनले आफूलाई आएको जानकारी अनुसार हाल सो सडकको लम्बाई ९३ किलो मिटरमा झरेर दुई किलो मिटर सडकको लम्बाइ घटेको बताए । उनले सो खण्डको सडकको लम्बाई यसरी घट्नुमा धेरै स्थानमा सडक निर्माणका क्रममा घुम्तीहरू ( लुप ) घटेको कारण हुन सक्ने बताए ।

स्थलगत रूपमा खटिएका साइट सुपरभाइजरबाट सडकको दुरी घटेको जानकारी आएपछि अब आयोजनाले एक पटक पुन हिल्सालाई जिरो बिन्दु मानेर पुनः सडकको नाप लिने कार्य गर्ने भएको छ । अहिले पनि आयोजनाले सडक खण्ड अन्तर्गतका विभिन्न स्थानको दुरीका बारेर जानकारी दिन कठिन भएको जनाएको छ । सडकमा दुरी समेत उल्लेख गरेको कतै देखिँदैन । यसका लागि पनि आयोजनाले स्थानसम्मको दुरी, बेलिब्रीजको जानकारी, कल्भर्टका जानकारी, पक्की पुलको जानकारी दिने सुचना पार्टी समेत कतै राखेको देखिँदैन ।

यसका लागि पनि आयोजनाले एक पटक दुरी यकिन गरेर जानकारी दिने बितरण राख्ने तयारी समेत गरेको हो । हिल्सा सिमकोट सडकको प्रारम्भिक ट्र्याक खुलाउने कार्य सम्पन्न भएर हाल यातायातका साधन सञ्चालन हुँदै आएका छन् । र ती सडकमा स्तरोन्नतिको कार्य जारी रहेको छ । पैदल यात्रुहरूलाई सिमकोटबाट हिँडेर चार दिन लाग्ने दुरीलाई हाल आठ घण्टामा सिमकोटबाट हिल्सा पुग्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार