गर्भवतीको हेलिकोप्टरबाट उद्धार

२०८० फाल्गुन ५, शनिबार

म्याग्दी : म्याग्दीको विकट धवलागिरि गाउँपालिका-४ मुदीबगरकी  एकजना गर्भवतीको शुक्रबार हेलिकोप्टरमा उद्धार गरिएको छ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो । धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति ब्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको बताए।

‘पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका थियौँ’, उनले भने, ‘पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षित रूपमा सुत्केरी हुनुभएको छ।’ आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार